महेश बाबू र कीर्तिको सिनेमाको शुभ साइतसँगै सुटिङ सुरु

महेश बाबू र कीर्तिको सिनेमाको शुभ साइतसँगै सुटिङ सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- साउथ सुपरस्टार महेश बाबू र कीर्ति सुरेशको आग्रामी सिनेमा ‘सरकारु वारी पाटा’को शुभ साइत गरिएको छ । यो सिनेमाको शुभ साइत महेश बाबूकी छोरी सिताराले गरेकी हुन् । छोरी सितारासँगै महेशको पत्नी नम्रता शिरोडकर पनि सुटिङ सेटमा पुगेकी थिइन् ।

महेश बाबूको यस सिनेमालाई परशुरामले निर्देशन गर्नेछन् । यो सिनेमा भन्दा पहिला परशुरामले निर्देशन गरेको सिनेमा गीता गोविन्दा ब्लकबस्टर सावित भएको छ । महेश बाबू र परशुरामको काम हेर्न दर्शक निकै उत्साहित छन् ।

महेश बाबू यो सिनेमासँगै बाहुबली निर्देशक एसएस राजामौलीको आगामी सिनेमालाई लिएर चर्चामा छन् । तर, यो सिनेमाको नाम सार्वजनिक गरिएको छैन् ।