आदित्यको ‘ओम’मा सन्जना

आदित्यको ‘ओम’मा सन्जना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता सुशान्त सिंह राजपूतसँग ‘दिल बेचारा’ सिनेमामा देखिएकी सन्जना सांघीले ‘ओम- द फाइट विद इन’ साइन गरेकी छिन् । उनी यो सिनेमामा आदित्य रोय कपूरको अपोजिट देखिनेछिन् ।

सन्जनाले स्क्रिप्ट चित्त बुझेको बताउदै भनिन्, ‘मैले धेरै स्क्रिप्ट पढिसके म ओमको जस्तै कहानीको खोजीमा थिए । यो मसला एन्टरटेनर छ । यो सिनेमामा काम गर्न निकै उत्साहित छु ।’ यो सिनेमालाई एक्शन निर्देशक टीनू बर्माको छोरा कपिलले बनाउने छन् ।

अहमद खान, जी प्रोडक्सन र सायरा खानले निर्माण गर्न लागेको सिनेमा आगामी साताबाट छायांकनमा जाने छ ।