ड्रग्स केसमा फसेकी भारती र हर्ष जमानतमा रिहा

ड्रग्स केसमा फसेकी भारती र हर्ष जमानतमा रिहा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् । गत शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीहरुको मुम्बईस्थित घरबाट गाँजा बरामत गरेको थियो ।


एनसीबीको सोधपुछमा भारतीले ड्रग्स लिने स्वीकार गरेको भारतीय मिडियामा उल्लेख छ । आइतबार बिहान भारती र हर्षको मेडिकल र कोरोना टेस्ट गरेपछि उनीहरुलाई कोर्टमा पेश गरिएको थियो । कोर्टले भारती र हर्षलाई ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा पठाएको थियो ।

भारती र हर्षले हिरासतमा लिएपछि जमानत याचिका पेश गरेका थिए । आज भएको सुनुवाईमा उनीहरुलाई जमानत दिइएको हो ।