कियारा र आदित्य अभिनित ‘इन्दुकी जवानी’ ट्रेलर रिलिज

कियारा र आदित्य अभिनित ‘इन्दुकी जवानी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतमा ५० प्रतिशत अकुपेन्सी दर्शक राख्न मिल्ने गरी सिनेमा सञ्चालन भएको डेढ महिना भैसकेको छ । यसैबीच पहिलो पटक सिनेमा घरमा फ्रेस सिनेमाको रुपमा ‘सुरज पे मंगल भारी’ रिलिज भएको थियो । भने, सिनेमा घरमा दोस्रो फ्रेस सिनेमाको रुपमा ‘इन्दुकी जवानी’ रिलिज हुने भएको छ ।

आगामी डिसेम्बर ११ तारिखबाट सिनेमा घरमा रिलिज हुने सिनेमाको ट्रेलर सार्वजनिक गरिएको छ । कियारा आडवाणी र आदित्य सिलको मुख्य भुमिका रहेको सिनेमालाई अबीर सेन गुप्ताले निर्देशन गरेका छन् ।

रोमान्टि कमेडी जनरामा निर्माण भएको सिनेमालाई टि-सिरिजको व्यानरमा भुषण कुमारले निर्माण गरेका हुन् ।