ऋतिकको ‘वार २’मा शाहरुख र सलमान ?

ऋतिकको ‘वार २’मा शाहरुख र सलमान ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गतवर्षको सुपरहिट सिनेमा ‘वार’को सिक्वेल बन्ने चर्चा चलेको लामो समय भैरहेको छ । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण हुने सिनेमामा ऋतिक रोशनमो मुख्य भुमिका रहनेछ । यो सिनेमालाई यशराज ब्यानरले स्पाइ-युनिर्भस सिरिजको रुपमा निर्माण गर्ने चर्चा भैरहेको छ ।

‘वार २’मा ऋतिकका अलवा शाहरुख खान र सलमान खानको पनि मुख्य भुमिका रहने दाबी बलिउड मिडियाले गरेका छन् । भने, अभिनेत्रीको रुपमा दीपिका पादुकोण र कैटरीना कैफ रहनेछन् । सिनेमामा आदित्य चोपडाको लगानी रहनेछ ।

यो सिनेमाको चर्चा बलिउड मिडियामा भएता पनि यसबारे निर्माण कम्पनी यशराज फिल्मस्ले आधिकारीक रुपमा कुनैपनि जानकारी दिएको छैन् । निर्देशक आनन्द पनि हाल शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भुमिका रहने सिनेमा ‘पठान’को छायाँकनमा व्यस्त छन् ।

‘वार २’को छायाँकन निदेशक सिद्धार्थले ‘पठान’को सम्पुर्ण काम सकिएपछि सुरु गर्ने दाबी बलिउड मिडियाको छ ।