दीपिकालाई कार्तिकसँग रोमान्टिक सिनेमा गर्ने इच्छा !

दीपिकालाई कार्तिकसँग रोमान्टिक सिनेमा गर्ने इच्छा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यन आइतबारबाट ३० औं वर्षमा प्रवेश गरेका छन् । उनलाई सामाजिक सञ्जालमा फ्यानदेखि थुप्रै बलिउडकर्मीले शुभकामना सन्देश पठाएका थिए । भने, बलिउड अभिनेत्री दीपिका पादुकोणले कार्तिकलाई जन्मदिनको शुभकामना दिँदै एउटै सिनेमामा काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।

बलिउड मिडियाका अनुसार दीपिकाले इन्स्टाग्राम स्टोरीमा कार्तिकको फोटो राख्दै दीपिकाले लेखेकी छन्, ‘ह्याप्पी बर्थडे । यही वर्ष हामीसँगै रमाइलो सिनेमा काम गर्न पाऔं ।’

दीपिकाको उक्त स्टोरीलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै कार्तिकले पनि प्रतिक्रिया दिएकाका छन् । उनले लेखेका छन्, ‘तपाईं मिति तय गर्नुस् । म रमाइलो सिनेमा ल्याउँदैछु ।’

कार्तिकले सन २०११ मा लव रञ्जनद्वारा निर्देशित सिनेमा ‘प्यारका पञ्चानामा’बाट बलिउड डेव्यु गरेका हुन् । यो सिनेमा पश्चात उनले आधा दर्जन बढी सिनेमामा काम गरिसकेका छन् । जन्मदिनमा उनले राम माधवानीको निर्देशनमा निर्माण हुने सिनेमा ‘धमाका’मा काम गर्ने पनि खुलाएका छन् ।

यस्तै, कार्तिक अभिनित सिनेमा ‘भुलभुलैया ‘२ र ‘दोस्ताना २’ प्रदर्शनको लागी तयार छन् । भने, दीपिकाले पती रणवीर सिंहसँग चौँथो पटक स्क्रिन गरेको सिनेमा ‘८३’ प्रदर्शनको तयारीमा छ ।