सलमान र शाहरुखलाई पछि पार्दै अक्षय बने सर्वाधिक कमाउने अभिनेता

सलमान र शाहरुखलाई पछि पार्दै अक्षय बने सर्वाधिक कमाउने अभिनेता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता अक्षय कुमार वर्षमै चार वटा सिनेमा खेल्छन् । उनी बलिउडमा सबैभन्दा बढि ट्याक्स तिर्ने अभिनेताको रुपमा परिचित छन् । तर, २०२० मा अक्षयको एक सिनेमा ‘लक्ष्मी’ डिजिटली डिन्जी प्लस हस्टस्टारमा रिलिज भयो । एकै सिनेमा रिलिज भएपनि अक्षयको नाम आई फोर्ब्सको सबैभन्दा बढि कमाई गर्ने अभिनेताको टप १० लिस्टमा सामेल भएको छ ।

सार्वजनिक लिस्टमा उनले यो वर्ष ४८.५ मिलियन डलर कमाई गरेको उल्लेख छ । उनी यो वर्ष बलिउडमा सबैभन्दा बढि कमाई गर्ने अभिनेता सावित भएका छन् । अक्षयको ‘लक्ष्मी’ले ओटीटी प्लेटफर्ममा सबैभन्दा बढि हेरिने सिनेमाको रेकर्ड राखेको थियो । सिनेमामा अक्षयको अपोजिट कियारा अडवानी थिइन् ।

सलमान खान
यो वर्ष सलमान खानको कुनै सिनेमा रिलिज भएन । उनी यो वर्ष ईदको अवसरमा सिनेमा ‘राधे’ लिएर आउने तयारीमा थिए । तर, कोरोना भाइरसको कारण सिनेमाको छायांकन रोकियो । अहिले यो सिनेमाको छायांकन पुरा भइसकेको छ । सलमान टिभीको कन्टोभर्सी रियालिटी शो ‘बिग बोस १४’ होस्ट गर्दैछन् । यो शो होस्ट गर्नको लागि सलमान भारु ४५० करोड लिएका छन् । त्यसैले यो वर्ष सलमान खान यस लिस्टमा दोस्रो नम्बरमा छन् ।

शाहरुख खान
पछिल्लो दुई वर्ष देखि शाहरुखले कुनै सिनेमा खेलेका छैनन् । तर पनि उनी यो लिस्टको तेस्रो नम्बरमा पर्न सफल भएका छन् । उनले आफ्नो प्रोडक्शन हाउस रेड चिल्ली एन्टरटेनमेन्टबाट केहि सिनेमा र वेब सीरीज निर्माण गरेका छन् ।

विश्वभर फोर्ब्स हाईएस्ट पेड अभिनेता २०२० को लिस्टको ८७.५ मिलियन डलर कमाई गरेर डवेन जोनसनले पहिलो स्थानमा ओगटेका छन् । त्यस्तै ७१.५ मिलियन डलर कमाई गरेरे रेयान रेनाल्ड दोस्रो नम्बरमा, ५८ मिलियन डलर कमाई गरेर मार्क वाह्बर्ग तेस्रो नम्बरमा, ५५ मिलियन डलर कमाई गरेर बैन अफ्लैक चौथो नम्बरमा र ५४ मिलियन डलर कमाई गरेरे विन डीजल पाँचौ स्थानमा रहेका छन् ।