सलमानले २५० करोड अफरलाई गरे अस्विकार

सलमानले २५० करोड अफरलाई गरे अस्विकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- सलमान खानको सिनेमा ‘राधे’ ईदमा प्रदर्शन हुने भनिएको थियो । तर कोरोना भाइरसका कारण यो सिनेमाको सुटिङ रोकियो । हाल यो सिनेमाको सपूर्ण काम पुरा भइसक्यो ।

कोरोना भाइरसको कारण दर्शकहरु हलमा आउन डराइरहेका छन् । त्यसैले सलमानको फिल्म ‘राधे’ डिजिटल प्लेटफर्ममा प्रर्दशन हुने चर्चा थियो । भारतिय मिडिया अनुसार ओटीटी प्लेटफर्मले सलमानलाई भारु २५० करोड अफर गरेका थिए । तर, सलमानले उक्त अफर अस्विकार गर्न एक सेकेन्ड पनि लगाएनन् । उनले हलमै रिलिज गर्ने बताएका छन् । सलमानको सिनेमाले सिंगल स्क्रीन सिनेमाघर सबैभन्दा बढि कमाई गर्छ । त्यसैले पनि सलमान हलकै प्रतिक्षामा छन् ।

राधेका निर्देशक प्रभुदेवाले पनि सुरुमै डिजिटलमा प्रदर्शन गर्ने योजना नभएको बताएका थिए । ‘यो सिनेमाको लागि प्रतिक्षा लामो हुनेछ, तर भाईको सिनेमा पहिला ठूलो पर्दामै हुन्छ’, उनले भनेका थिए ।

त्यस्तै, रणवीर कपूर र आलिया भट्ट अभिनित सिनेमा ‘बह्मास्त्र’लाई पनि डिज्नी प्लस हस्टस्टाररले सिधै ओटीटी रिलिजको लागि प्रस्ताव गरेको थियो । तर, निर्माता करण जोहरले उक्त प्रस्तावलाई अस्विकार गरेका थिए ।