यस्तो छ भुमिको ‘दुर्गामती’को ट्रेलर

यस्तो छ भुमिको ‘दुर्गामती’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेत्री भुमि पेडनेकरको सिनेमा ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमा तेलुगु सिनेमाकी सुपरस्टार अभिनेत्री अनुष्का शेट्टीको ‘भागमती’को आधिकारिक रीमेक हो । ट्रेलर हेनुस् :

‘दुर्गामती’ र ‘भागवती’ दुवै सिनेमालाई अशोकले निर्देशन गरेका हुन् । यो सिनेमामा प्राचिन मुर्ति चोरेर बेच्ने गरेको आशंकापछि प्रहरीले अनुसन्धानको क्रममा भुमिलाई दुर्गामती मन्दिर पठाउछन् । उक्त मन्दिरमा हुने कथालाई सिनेमामा देखाइएको छ ।

अक्षय कुमार र भुषण कुमारले निर्माण गरेको सिनेमामा भुमिसँगै अरशद वारसी, जिशु सेनगुप्ता, माही गिल र करण कपाडियालगायत कलाकारको अभिनय रहेको छ । यो सिनेमा ११ डिसेम्बरमा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।