मलयालम सिनेमा अस्करमा छानिएपछि बलिउडमाथि कंगनाको कटाक्ष

मलयालम सिनेमा अस्करमा छानिएपछि बलिउडमाथि कंगनाको कटाक्ष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- भारतबाट ९३ औं एकेडमी अवार्डका लागि मलयालम सिनेमा ‘जल्लीकट्टु’ छानिएको छ । यो सिनेमा अस्करको लागि छानिएपछि बलिउड नायिका कंगना रनावतले बलिउडकर्मीमाथि कटाक्ष गरेकी छिन् ।

कंगनाले बलिउड परिवारको लागि मात्र नभएको बताएकी छन् । उनले लेखेकी छन्–‘बलिउड विरुद्ध जति आवाज उठाइएको छ , जति छानबीन भइरहेको छ, त्यसको नतिजा यस्तो निक्लियो । भारतीय सिनेमा पारिवारको लागि मात्र होइन । मूभी माफिया आफ्नो घरमा लुकेर बस र जुरीलाई आफ्नो काम गर्न देउ ।’

लिजो जोस पेल्लिसेरीले निर्देशन गरेको सिनेमा ‘जल्लीकट्टु’ बुधबार ओस्करको लागि भारतको तर्फबाट छनोट भएको हो । यो सिनेमाले उत्कृष्ट अन्तर्राष्ट्रिय फीचर फिल्मको विधामा प्रतिनिधित्व गर्नेछ । सिनेमामा एन्टोनी वर्गीज, चेन्बन विनोद जोस सैन्थी बालाचन्दन लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।