दर्शकको दबाबले मलाई प्रेरित गर्छ: अनन्या पाण्डे

दर्शकको दबाबले मलाई प्रेरित गर्छ: अनन्या पाण्डे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गरेकी बलिउड नायिका अनन्या पाण्डे छोटो समयमै चर्चा बटुल्न सफल भइन् । पछिल्लो समय उनको दुई सिनेमा ‘पति, पत्नी और वो’ र ‘खाली पीली’ प्रदर्शनमा आएका थिए ।

‘दर्शकको आशा र दबाबले मलाई प्रेरित गर्छ । यसको लागि म निकै आभारी छु । किनकी मेरो करियर भर्खरै सुरु भएको हो । मैले केहि सिनेमा र आफ्नो मेहनतको दममा फ्यान फलोइङ बनाएकी छु । म कुनै सार्वजनिक समारोहमा जाँदा दर्शकहरु मसँग सेल्फी खिच्न आउँछन् । मेरो कुनै सिनेमाको डाइलग सुनाउन अनुरोध गर्छन् । दर्शकको यो सबै कुरा मनपर्छ । उनीहरु मबाट अझै राम्रा कामको आशा गर्दछन् । त्यसैले मेरो लागि यो भन्दा ठूलो प्रेरणा अरु कुनै हुनसक्दैन’ उनले भनिन् ।

उनले आफ्नो आगामी प्रोजेक्टसको बारेमा भनिन्, ‘म रोमान्चित छु । किनकी मसँग धेरै प्रकारका प्रोजेक्टस छन् । म दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीसँग शकुन बत्राको सिनेमामा देखिदैछु । यो सिनेमाको निकै प्रतिक्षा गरिरहेको छु । साथै मलाई सिनेमाको दुवै सह-कलाकार मनपर्छ । त्यस्तै, पुरी जगन्नाथ सरको निर्देशनमा विजय देवरकोन्डासँग पनि एक सिनेमा गर्दैछु । यी दुवै सिनेमा एकदमै फरक छन् ।’ साथै अनन्याले आफूलाई हार्डकोर एक्शन सिनेमा गर्ने इच्छा भएको बताइन् ।