प्रभासको ‘छत्रपति’ रीमेकबाट बलिउडमा डेब्यू गर्दै साई

प्रभासको ‘छत्रपति’ रीमेकबाट बलिउडमा डेब्यू गर्दै साई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- तेलुगु सिनेमाका पछिल्लो समयको चर्चित अभिनेता साई श्रीनिवास बेल्लमकोन्डा बलिउडमा डेब्यू गर्दैछन् । उनी एस.एस. राजामौली र प्रभासको सुपरहिट सिनेमा ‘छत्रपति’को हिन्दी रीमेक देखिदैछन् ।

यो सिनेमालाई पेन स्टूडियोका जयन्ती लाल गढाले निर्माण गर्दैछन् । उनले भारतीय मिडियालाई साई श्रीनिवासले ‘छत्रपति’को हिन्दी रीमेक आधिकारिक रुपमा साइन गरेको जानकारी दिएका छन् । ‘छत्रपतिको कहानी एकदमै राम्रो छ । हामीलाई साउथको सुपरस्टार चाहिएको थियो । जसले यस कहानीलाई बलिउडमा राम्रोसँग प्रस्तुत गर्न सक्योस् । त्यसैले हामीले साई श्रीनिवासलाई लिएका हौं । हामी यो सिनेमालाई लिएर निकै उत्साहित छौं’ उनले भने ।

साई श्रीनिवासले २०१४ मा सुपरहिट एक्शन सिनेमा ‘एल्लुडु सीनु’ बाट डेब्यू गरेका थिए । तेलुगु क्षेत्रमा उनको राम्रो फ्यान फलोइङ छ । उनको बलिउड यात्रा कस्तो हुन्छ भन्ने दर्शकले उत्सुकता व्यक्त गरेका छन् ।