यस्तो छ वरुण र साराको ‘कुली नम्बर १’ को ट्रेलर

यस्तो छ वरुण र साराको ‘कुली नम्बर १’ को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको कमेडी फिल्म ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्नुस् :

डेविड धवनले निर्देशन गरेको सिनेमामा वरुण र सारासँगै परेश रावल, जावेद जाफरी, जोनी लीभर, राजपाल यादव लगायत कलाकारको अभिनय छ । यो सिनेमा गोविन्दा र करिश्मा कपूरको ‘कुली नम्बर १’ को रीमेक हो ।

यो सिनेमालाई वाशु भगनानी, ज्याकी भगनानी र दीपखिशा देशमुखले निर्माण गरेका हुन् । यो सिनेमा क्रिसमस २५ डिसेम्बरमा अमेजन प्राइम भिडियोमा प्रर्दशन हुँदैछ ।