मुकुन्दको निर्देशनमा पुष्पको ‘तु माइत जनजाई रे’ रिलिज (भिडियो)

मुकुन्दको निर्देशनमा पुष्पको ‘तु माइत जनजाई रे’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो ‘तु माइत जनजाई रे’ रिलिज भएको छ । सुदुरपश्चिमको स्थानिय भाषामा बनेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ । सार्वजनिक गीतको भिडियो सिनेमा निर्देशक मुकुन्द भट्ट एण्ड टिमले निर्देशन गरेका हुन् ।

गीतको ओरजिनल भर्सनमा करण सिंह ऐर र लक्ष्मी न्यौपानेकोृ स्वर थियो । भने, गीतको शब्द तथा संगीत रचना स्वयंम करणले गरेका थिए । यो गीतको नयाँ भर्सनलाई कृष्ण बिकले एरेञ्ज गरेका हुन् । गीतमा समावेश र्यापमा मिस्टर आरजेको शब्द तथा स्वर रहेको छ ।

गीतको भिडियोमा इनु क्षेत्री, बाल कलाकार प्रोमिन्जल भट्ट र मिस्टर आरजेको पनि अभिनय रहेको छ । गीतको नयाँ भर्सनमा रमेश बलायर र पुर्णकला बिसीले स्वर भरेका छन् । गोकुल कुँवर र झंकर कुँवरको लगानी रहेको गीतका कार्यकारी निर्माता जितेन्द्र स्वाँर हुन् ।

सुमित राज भट्टको छायाँकन रहेको गीतमा नरेन्द्र नाथ योगीको कोरियोग्राफी छ । गोल्डेन हिल्स पिक्चर्सको पोष्ट प्रोडक्सन रहेको गीत सोही कम्पनीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।