‘अपने २’मा देओल परिवारको तीन पुस्ता एक साथ

‘अपने २’मा देओल परिवारको तीन पुस्ता एक साथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता धर्मेन्द्र देओलको परिवारले ‘अपने २’ को घोषणा गरेका छन् । धर्मेन्द्र आफ्नो दुई छोरा सनी र बबी देओलसँग पुन: एक साथ देखिदैछन् । यो सिनेमामा देओल परिवारको तेस्रो पीढी अर्थात सनी देओलका छोरा करण देओल पनि देखिदैछन् ।

सनीले सिनेमाको घोषणा गर्दै टुवीट्मा लेखेका छन्, ‘बाबाजीको आशिर्वाद र मायाले हामी फेरी एक साथ देखिदैछौं । बुबा, भाई र यस पटक छोरासँग काम गर्ने मौका मिल्दा म आफुलाई निकै भाग्यशाली ठान्छु । ‘आपने २’ अर्काे वर्ष दिवालीमा सिनेमाघरमा रिलिज हुनेछ ।’

‘अपने २’ लाई अनिल शर्माले निर्देशन गर्नेछन् । उनले २००७ मा आएको ‘अपने’लाई पनि निर्देशन गरेका थिए । यो सिनेमा मार्फत धर्मेन्द्र, सनी र बबी पहिलो पटक एक साथ देखिएका थिए । यो सिनेमामा शिल्पा शेट्टी र कटरीना कैफको पनि अभिनय थियो ।

‘अपने’पछि धर्मेन्द्रले सनी र बबीसँग ‘यमला पगला दीवाना’ फेन्जाइजीको तीन सिनेमा गरेका थिए । सनीका छोरा करण पहिलो पटक हजुरबुबा, बुबा र काकासँग एक साथ देखिदैछन् । करणले सनी देओलको निर्देशनमा बनेको फिल्म ‘पल पल दिल के पास’बाट बलिउडमा डेब्यू गरेका थिए ।