नम्रता र प्रकाश अभिनित ‘फुटेका चुरा’ रिलिज(भिडियो)

नम्रता र प्रकाश अभिनित ‘फुटेका चुरा’ रिलिज(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – संचारकर्मी तथा गायिका अनिता चलाउनेले नयाँ गीत ‘फुटेका चुरा’को भिडियो रिलिज गरेकी छन् । अभिनेत्री नम्रता श्रेष्ठ, प्रकाश सपुत, कविता नेपाली, अनिता चलाउने र निरज पन्थीको अभिनय रहेको गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको छ ।

गायक सपुतको शब्द तथा संगीत रहेको गीतमा अनिता चलाउने र स्वंयम प्रकाशको स्वर छ । ‘फुटेका चुरा’को अडियोलाई योगेश काजीले एरेञ्ज गरेका हुन् । अभिनेत्री श्रेष्ठले लामो समय पश्चात म्युजिक भिडियोमा काम गरेकी छन् । भने, गायक सपुतले पहिलो पटक अभिनेत्री श्रेष्ठसँग स्क्रिन सेयर गरेका हुन् ।

स्वंयम प्रकाश सपुतले निर्देशन गरेको गीतमा नवराज उप्रेतीको छायाँकन, गम्भिर बिष्टको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन रहेको छ । सार्वजनिक गीतको भिडियोलाई गायक सपुतको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको छ ।