अक्षय र कृतिको ‘बच्चन पाण्डे’मा ज्याक्लिनको प्रवेश

अक्षय र कृतिको ‘बच्चन पाण्डे’मा ज्याक्लिनको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहने सिनेमा ‘बच्चन पाण्डे’मा अभिनेत्री ज्याक्लिन फर्नान्डेजको प्रवेश भएको छ । साजिद नाडियाडवालाको लगानीमा निर्माण हुने सिनेमामा कृति सेनोन र अरशद वार्सीको पनि मुख्य भुमिका रहने छ ।

फराह समाजीको निर्देशनमा निर्माण हुने सिनेमामा अक्षयले एक ग्याङस्टारको भुमिका निवार्ह गर्दैछन्, जो सिनेमाको हिरो बन्न चाहान्छ । भने, सिनेमामा अरशदले उनको साथी र कृति पत्रकारको भुमिका देखिदैछन् जो सिनेमाको निर्देशक बन्न चाहान्छिन् । ‘बच्चन पाण्डे’मा ज्याक्लिनको भुमिका कस्तो हुने भन्ने बारेमा निर्माण टिमले खुलासा गरेको छैन् ।

सिनेमामा अक्षय र ज्याक्लिनले दशैँ पटक स्क्रिन सेयर गर्दैछन् । भने निर्माता साजिदसँग ८ औँ पटक सहकार्य गर्दैछन् । सिनेमाको छायाँकन जनवरीबाट सुरु हुनेछ । ज्याक्लिन हाल ‘भुत पुलिस’, ‘सर्कस’को छायाँकनमा व्यस्त छिन् ।