अज्ञात व्यात्तिद्धारा अभिनेता बिक्रमको घरमा बम बिस्फोट गर्ने धम्की

अज्ञात व्यात्तिद्धारा अभिनेता बिक्रमको घरमा बम बिस्फोट गर्ने धम्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार चियान विक्रमको घरमा अज्ञात समुहले बम बिस्फोट गर्ने धम्की दिएको छ । सोमबार बिहान अचानक एक व्याक्तिले अज्ञात नम्बरबाट चेन्नई पुलिसलाई फोन गरेर विक्रमको घरमा बम बिस्फोट गर्ने धम्की दिएका थिए ।

पुलिसलाई फोन आएसँगै चिहानको घर पुगेर बम डिस्पोजल टिम र तालिम प्राप्त कुकुरबाट उनको घरमा बम राखे नराखेको तलाश गरिएको थियो । चेन्नई पुलिसले उनको घरमा बम नभेटिएको पुष्टी गरेसँगै उनका फ्यानमा खुशीको माहोल छाएको थियो । पुलिस अनुसन्धान अनुसार विल्लुपुरमका एक व्याक्तिले फोनमा धम्की दिएको पत्ता लागेको थियो ।

चेन्नई पुलिस हाल बिक्रमलाई धम्की दिने व्याक्तिको खोजिमा जुटेको छ । यसअघि पनि अज्ञात समुहले साउथका सुपरस्टारहरु रजनीकान्त, अजित कुमार, थलापती विजय र सुर्यालगायतका कलाकारको घरमा बम बिस्फोट गर्ने धम्की दिएका थिए ।