करोड क्लबमा प्रदीप र कृष्टिनाको ‘प्रेमगीत ३’को शिर्ष गीत

करोड क्लबमा प्रदीप र कृष्टिनाको ‘प्रेमगीत ३’को शिर्ष गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को शिर्ष गीत करोड क्लबमा प्रवेश भएको छ । अभिनेता प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भुमिका रहेको सिनेमाको लिरिकल भिडियो ‘हर युग होस’ गतबर्षको माघमा रिलिज गरिएको थियो । एक जोडीको प्रेमभाव बोल्ने गीतमा शिर्ष कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङको केमेस्ट्री निकै जमेको छ ।

प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएको गीतमा राजेश कुमार श्रेष्ठको शब्द रचना र एलिश काकीको संगीत छ । स्व. छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमा गतवर्षको चैत २८ मा रिलिज हुने तयारीमा थियो । कोरोना माहामारीका कारण सिनेमाको प्रदर्शन अनिश्चित बनेको छ । निर्माण सेनका अनुसार कोरोना माहामारी साम्य भएसँगै सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गरिनेछ ।

सिनेमामा प्रदीप र कृष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको पनि अभिनय छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतम मिलेर सिनेमा लेखेका हुन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।