आदित्यले प्रेमिका श्वेतासँग गरे बिहे

आदित्यले प्रेमिका श्वेतासँग गरे बिहे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- गायक तथा होस्ट आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनले डिसेम्बर १ अर्थात मंसिर १६ गते नायिका श्वेतासँग मुम्बईको एक मन्दिरमा विवाह गरेका हुन् ।

आदित्यले भारतीय मिडियासँग कुराकानी गर्दै आफ्नो सपना पुरा भएको बताएका छन् । उनले भने, ‘मेरो र श्वेताको फाइनली विवाह भयो । यो एक सपना हो, जुन पुरा भयो ।’ आदित्यले आफ्नो बुबा उदित नारायण झाको जन्मदिनको अवसर पारेर विवाह गरेका हुन् ।

आदित्यले विवाहमा क्रीम कलरको शेरवानी लगाएका छन् भने श्वेताले लाइट गोल्डन कलरको लेहंगा लगाएकी छन् । कोरोनाको कारण उनीहरुको विवाहमा निकै कम मानिसहरुको उपस्थित थिए ।

आदित्य र श्वेता विगत १० वर्ष देखि प्रेम सम्बन्धमा थिए ।