सनी देओललाई कोरोना संक्रमण

सनी देओललाई कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ ।

उनले बुधबार बिहानै ट्वीट गरेर आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘मैले कोरोना परीक्षण गराएँ र रिर्पोट पोजेटिभ आएको छ । अहिले म आइसोलेसनमा छु र स्वास्थ्य अवस्था ठीक छ । पछिल्लो केही दिनदेखि मेरो सम्पर्कमा रहेका तपाईंहरु सबै आइसोलेसनमा बस्न हुन मेरो अनुरोध छ ।’

उनको हालै मुम्बईमा काँधको शल्यक्रिया गरिएको थियो । उनी काँधको शल्यक्रियापछि आराम गर्न मनाली पुगेका थिए ।