भारती र हर्षलाई बेल लिन सहयोग गरेको भन्दै एनसीबीका २ कर्मचारी निलम्बित

भारती र हर्षलाई बेल लिन सहयोग गरेको भन्दै एनसीबीका २ कर्मचारी निलम्बित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगल जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो ‘एनसीबी’ले आफ्नो दुई कर्मचारीलाई निलम्बन गरेको छ । भारतीय मिडिया अनुसार दुई कर्मचारीले कमेडियन भारती सिंह, उनको पति हर्ष लिम्बाचिया र दीपिका पादुकोणको एक्स म्यानेजर करिश्मा प्रकाशलाई बेल लिन सहयोग गरेको आशंका छ ।

दुवै कर्मचारी यस केसलाई सक्रिय रुपमा जाँच गरिरहेका थिए । भारती, हर्ष र करिश्माको बेल याचिका सुनवाई हुँदा एनसीबीका दुई कर्मचारी एनसीबीको पक्ष राख्नको लागि कोर्टमा उपस्थित थिएनन् ।

ड्रग्स केसमा अभिनेता अर्जुन रामपाल, निर्माता फिरोज नाडियाडवाला, अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान, रकुलप्रीत सिंह, रिया चक्रवर्ती, कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचियाको नाम सामेल भएको छ । भारती र हर्षलाई हिरासतमा पनि राखिएको थियो । केहि दिन अगाडी उनीहरुलाई कोर्टले जमानत दिएको थियो ।