कंगनाले दिलजीतलाई भनिन्- ‘करण जोहरको पाल्तु’

कंगनाले दिलजीतलाई भनिन्- ‘करण जोहरको पाल्तु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेत्री कंगना रनावतले पञ्जावी गायक तथा नायक दिलजीत दोसांझलाई करण जोहरको पाल्तु भनेकी छिन् ।

दिलजीतले ट्वीटमा किसानले आन्दोलन गरिरहेको भिडियो शेयर गरेका थिए । उनले प्रमाण सहित सुनुस् भन्दै कंगनालाई ट्याग गरेका थिए । दिलजीतको ट्वीटपछि कंगनाले लेखेकी छन्, ‘करण जोहरको पाल्तु, जो हजुरआमा शाहीन बागमा आफ्नो सिटीजनशिप लागि प्रोटेस्ट गरिरहेकी थिइन् । उनै हजुरआमा किसानको एमएसपीको लागि पनि प्रोटेस्ट गरिरहेकी थिइन् । महिन्दर कौरजीलाई चिन्दा पनि चिन्दिन् । तिमीहरुले किन ड्रामा गरेको हो ? यसलाई बन्द गर ।’

कंगनाले अर्काे ट्वीटमा लेखेकी छन् ‘मेरो चुपीलाई मेरो कमजोरी नसम्झ, म सबैलाई हेरिरहकेको छु । कसरी तिमीहरु मासुमलाई झुट बोलेर भड्काउदैछौं । शाहीन बागको यस धर्नाको रहस्य खुलेपछि म एक शान्दार स्पीज लेख्छु । तिमीहरुको मुख कालो गर्छु– बब्बर शेरनी ।’

कंगनाको ट्वीटपछि दिलजीत लेख्छन्, ‘तैले जति मान्छेहरुको फिल्म खेलिस्, त उनीहरु सबैको पाल्तु होस् । त्यसरी कुरा गर्ने हो भने मालिकहरुको लिस्ट लामो हुन्छ । झुट बोलेर मान्छेलाई भड्काउने र इमोशनसँग खेल्न तपाईलाई राम्रोसँग आउँछ ।’

दिलजीतलाई जवाफ दिदै कंगनाले खेलेकी छन्, ‘त जस्तो चम्चा होइन् म सधैं झुट बोल्नलाई । मैले शाहीन बागको प्रोटेस्टरमा कमेन्ट गरेको थिए । यदि कसैले यसलाई सहि सावित गरे भने म माफी माग्छु ।’

केहि समय अगाडी कंगनाले महिन्दर कौरलाई १०० रुपैयाँ दिए पनि आन्दोलनमा सामेल हुन्छिन् भनेकी थिइन् ।