अनमोल र उपासना अभिनित ‘क्याप्टेन’ युट्युबमा रिलिज (भिडियो)

अनमोल र उपासना अभिनित ‘क्याप्टेन’ युट्युबमा रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनमोल केसी र उपासना सिंह ठकुरी अभिनित सिनेमा ‘क्याप्टेन’ युट्युबमा रिलिज गरिएको छ । ओएसआर डिजिटलको अफिसियल च्यानलमा अपलोड भएको सिनेमालाई सदाबहार नायक भुवन केसीले निमार्ण गरेका हुन् । सिनेमाले बक्सअफिसमा औषत व्यापार गरेको थियो ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘क्याप्टेन’मा सरोज खनाल, सुयमाला खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, प्रियंका एमभी, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाबाट अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेव्यु गरेका थिए । सिनेमामा सामिप्य राज तिमल्सीनाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, सुदिप बरालको डिओपी, नवराज उप्रेतीको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र दिर्घराज खड्काको सम्पादन छ ।