सिद्धार्थको एक्सन सिनेमा ‘फाइटर’मा ऋतिक

सिद्धार्थको एक्सन सिनेमा ‘फाइटर’मा ऋतिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता ऋतिक रोशन नयाँ सिनेमामा देखिने भएका छन् । उनी सिद्धार्थ आनन्दको एक्सन सिनेमा ‘फाइटर’मा देखिदैछन् ।

सिद्धार्थ हाल शाहरुख खानको सिनेमा ‘पठान’लाई निर्देशन गरिहेका छन् । यो सिनेमाको छायांकन सकिएपछि उनी ऋतिकलाई लिएर ‘फाइटर’ बनाउने तयारीमा छन् । भारतीय मिडिया अनुसार उनले लकडाउनमा सिनेमाको स्क्रीप्ट तयार पारेका हुन् । सिनेमालाई २०२२ मा प्रर्दशन गरिनेछ ।

‘फाइटर’को छायांकन सकिएपछि ऋतिक ‘कृष ४; को काममा व्यस्त हुनेछन् । ऋतिक र सिद्धार्थले ‘ब्याङ ब्याङ’ र ‘वार’मा एक साथ काम गरेका थिए । त्यस्तै, ‘वार २’ बन्ने पनि चर्चा छ ।