‘आदिपुरुष’को बयानलाई लिएर विवादमा सैफ

‘आदिपुरुष’को बयानलाई लिएर विवादमा सैफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता सैफ अली खान ओम राउतको निर्देशनमा बन्ने सिनेमा ‘आदिपुरुष’मा देखिदैछन् । सिनेमामा प्रभाषको मुख्य भुमिका छ । सिनेमामा प्रभाष र सैफको अलवा अन्य कलाकार फाइनल भएका छैनन् ।

सैफ ‘लंकेश’को भुमिकामा देखिदैछन् भने प्रभाष ‘श्रीराम’को भुमिकामा देखिनेछन् । ‘तान्हाजी’पछि सैफ एकपटक फेरि नकरात्मक भुमिकामा देखिदैछन् । सैफले सिनेमामा आफ्नो भुमिकाबारे भने, ‘एक राक्षस राजाको भुमिका निभाउदैछु । तर त्यति क्रूर पनि छैन । हामी यो सिनेमालाई निकै रोचक बनाउँदै छौं । सीताको अपहरण र रामसँग भएको युद्ध र राजाको बहिनीको बदलाको भावनासँग जोडिएर देखाउने छौं । जसको नाक लक्ष्मणले काट्दिएका थिए ।’ उनको यो बयान विवादमा मुछिएको छ । एक ट्वीटर युजरले सैफलाई सिनेमाबाट हटाउने माग गरेका छन् । उनले ओम राउतलाई सिनेमाको स्क्रिप्ट समेत परिवर्तन गर्न सुझाएका छन् ।

यो सिनेमाको छायांकन सुरु नभएपनि निर्माण टिमले ११ अगस्त २०२२ मा प्रदर्शन मिति तय गरेका छन् ।