‘मुन्ना भाई ३’ को काम भईरहेको छ जस्तो लाग्दैन : अरशद

‘मुन्ना भाई ३’ को काम भईरहेको छ जस्तो लाग्दैन : अरशद

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– केहि समय अगाडी राजकुमार हिरानी ‘मुन्ना भाई ३’को लागि काम गरिरहेको खबर बाहिरिएको थियो । तर, निर्माण टिमले आधिकारिक घोषणा गरेका छैनन् ।

यस सिनेमामा ‘सर्किट’को भुमिका निभाएका अरशद वारसीले सिनेमा नबन्ने चिन्ता व्यक्त गरेका छन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भने, ‘मलाई मुन्ना भाई ३ को केहि काम भईरहेको छ जस्तो लाग्दैन । तपाईहरु विनोद चोपडा र राजुको घर गएर सिनेमाको काम छिट्टै सुरु गर्नु भन्नुस् । यति समय बितिसक्यो तर राजु अरु काममै व्यस्त छन् । यदि यो साचो हो, भने हामी सबैको लागि निराशाजनक कुरा हो ।’

अरशद वारसी अक्षय कुमारको आगामी सिनेमा ‘बच्चन पाण्डे’मा देखिनेछन् । उनीहरु प्हिलो पटक एकसाथ सिनेमामा काम गर्दैछन् ।