सुशिल र आमिरको ‘बादशाह जुट’ युट्युबमा रिलिज

सुशिल र आमिरको ‘बादशाह जुट’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुशिल श्रेष्ठ अभिनित सिनेमा ‘बादशाह जुट’ युट्युबमा रिलिज गरिएको छ । जोनी सिंह राणाको निर्देशनमा निर्माण भएको सिनेमा बक्सअफिसमा असफल भएको थियो । दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको सिनेमाले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ ।

सिनेमाले युट्युबमा रिलिज भएको केहीदिनमा दर्शकको राम्रो साथ पाएर ट्रेन्डिङमा पर्न सफल भएको छ । हाल सिनेमा युट्युबको ७ नम्बर ट्रेन्डिङमा छ । सिनेमामा आमिर गौतम, केइशा रावत, रोशी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपालको अभिनय रहेको छ । ‘बादशाह’को एक गीतमा अभिनेत्री प्रियंका कार्कीलाई समेत देख्न सकिन्छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेनग्रेप फिल्मस् एण्ड इन्टरटेनमेन्टको ब्यानरमा हर्क कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले सिनेमालाई निर्माण गरेका हुन् । सिनेमामा अभिषेक शशी कुमारको लेखन, कोशिश क्षेत्री, कृष्ण भारद्धाज र मोहित मुनालको संगीत, बिक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको द्धन्द्व, राजु कार्कीको डिओपी, दीर्घ खड्काको सम्पादन छ ।