अनुरागको अनिललाई पश्न : तपाईको अस्कर अवार्ड खै ?

अनुरागको अनिललाई पश्न : तपाईको अस्कर अवार्ड खै ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अनिल कपुर र निर्माता तथा निर्देशक अनुराग कश्यपबीच ट्वीटरमा ‘अस्कर अवार्ड’को विषयलाई लिएर वार सुरु भएको छ ।

अभिनेता अनिल कपुरले आइतबार सुपरहिट वेवसिरिज ‘दिल्ली क्राइम’ले एम्मी अवार्ड जितेको भन्दै खुशी व्यक्त गरेका थिए । उनले लेखेका छन्,-‘मैले पहिले नै भनेको थिए, फेरी पनि भन्दै दिल्ली क्राइम उक्त सफलताको हकदार थियो । बधाई छ ‘दिल्ली क्राइम’को पुरा टिमलाई । यो टिमलाई इन्टरनेश्नल पहिचान मिलेकोमा निकै खुशी लाग्यो ।’

अभिनेता कपुरको ट्वीटलाई निर्माता तथा निर्देशक अनुराग कश्यपले मजाक भन्दै उडाएका छन् । उनले ट्वीटरमा लेखेका छन्,-‘कोही अवार्डको लायक मान्छेलाई इन्टरनेश्नल पहिचा मिल्दा तपाईलाई खुशी लाग्यो । अनि, तपाईको अस्कर अवार्ड कहाँ छ ? छैन ? राम्रो नोमिनेशन ?

अनुरागलाई जवाफमा अनिलले लेखेका छन्,-‘तपाई अस्करको सवैभन्दा नजिक आउनु भाको छ । स्लमडग मिलिनियरले टिभीमा अस्कर जितिरहेको हेर्दैछु । तपाईबाट नि केही हुने वाला छैन् ?’

अनुरागले अनिललाई जवाफमा फेरी लेखेका छन्,-‘ह्याण्ड मी डाउन सिनेमाका राजा के भन्दै हुनुहुन्छ, के तपाई यो सिनेमाको लागी पनि दोस्रो नम्बरमा हुनु हुन्थ्येन र ?’ जसको रिप्लाईमा अनिलले लेखेका छन्,-‘ह्याण्ड मी डाउन वा फिक अप अप मलाई केही फरक पर्दैन । मसँग काम नै काम छ । तपाईले जस्तो काम खोज्न कपाल उखेल्दै हिंड्नु परेको छैन् ।’

योसँगै अनिल र अनुरागबीको विवाद बड्दै गइरहेको छ । अनिलले अनुरागसँग ‘बम्बे भेलभेट’ र ‘रेश ३’मा काम गर्नु ठुलो गल्ती भएको भन्दै आफु बलिउडमा निकै मेहनतले ४० वर्षसम्म टिकेको बताएका छन् । भने, अनुरागले पनि अनिलको अभिनयलाई खटारा गाडी भनेका छन् ।