बलिउड अभिनेता बरुण धवनलाई कोरोना पोजेटिभ

बलिउड अभिनेता बरुण धवनलाई कोरोना पोजेटिभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसबारे वरुण आफैले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन्। बलिउड मिडियाका अनुसार, वरुण सिनेमा ‘जुग जुग जिओ’को सुटिङ धमाधम भैरहेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । सिनेमाको हाल चन्दिगढमा सुटिङ भइरहेको थियो ।

इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिनसट पोष्ट गर्दै लेखेका छन्,-‘भिटामिन साथीहरू, महामारी समयमा पनि म काममा फर्कें । हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौं । तर त्यतिले काफी भएन क्यारे थप सतर्कताको आवश्यक छ । सबैजना सुरक्षित रहौं ।’

अभिनेता वरुण मात्र होइनन्, सिनेमाका अन्य कलाकार नितु कपुर र निर्देशक राज मेहतासमेतलाई समेत कोरोना संक्रमण पुष्टि भएको बलिउड मिडियाले जनाएका छन् । सिनेमा मुख्य कलाकार मध्येका एक अभिनेता अनिल कपुर र अभिनेत्री कायरा आडवाणीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सिनेमाको सम्पुर्ण टिम मुम्बई फर्के पनि वरुण र राज मेहता चन्दिगढमै क्यावरेन्टाइनमा बसिरहेका छन् ।