अली अब्बासको लेडी सुपरहिरो ‘सुपर सोल्जर’मा कैट्रीना

अली अब्बासको लेडी सुपरहिरो ‘सुपर सोल्जर’मा कैट्रीना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक अलि अब्बास जफर हाल लेडी सुपरहिरो सिनेमाको तयारीमा जोडदार रुपमा लागी परेका छन् । सिनेमामा अभिनेत्री कैट्रीना कैफको मुख्य भुमिका रहनेछ । ‘टाइगर जिन्दा है’ र ‘भारत’ फेम्ड निर्देशकले लेडी सुपर हिरो सिनेमाको नाम ‘सुपर सोल्जर’ जुराएका छन् ।

भारतको उत्तराखण्डका साथै आवुधाबी, दुवई, पोल्याण्ड र जर्जियामा छायाँकन हुने सिनेमाको बजेट २०० करोड रहनेछ । कैट्रीना र अलि अब्बासले ‘टाइगर जिन्दा है’ र ‘भारत’ पश्चात तेस्रो पटक सहकार्य गर्दैछन् । लेडी सुपरहिरो एक्शन थ्रिलर सिनेमाको लागी हाल कैट्रीना मार्सल आर्टको ट्रेनिङ लिरहेकी छन् ।

निर्देशक जफरका अनुसार सिनेमा पुर्ण रुपमा महिला प्रधान हुनेछ । यो सिनेमामा कैट्रीनाले कुनैपनि अभिनेतासँग रोमान्स गर्ने छैनन् । उनले लामो समय पश्चात अक्षय कुमारसँग स्क्रिन सेयर गरेको सिनेमा ‘सुर्यबंशी’ प्रदर्शनको तयारीमा छ । भने, इशान खट्टर र सिद्धान्त चतुर्वेदीको मुख्य भुमिका रहने सिनेमा ‘फोन भुत’ छायाँकनको तयारीमा छ ।