आलियाले सुरु गरिन ‘आरआरआर’को छायाँकन

आलियाले सुरु गरिन ‘आरआरआर’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टले सोमबारबाट एसएस राजमौलीको प्रतिक्षित सिनेमा ‘आरआरआर’को छायाँकन सुरु गरेकी छन् । हाल सिनेमाको हैदराबादमा धमाधम छायाँकन भैरहेको छ । कोरोना माहामारीका कारण लामो समयदेखि रोकिएको सिनेमाको ५ अक्टुबरबाट छायाँकन सुरु भएको थियो ।

आलियाले पनि हालै मुम्बईमा संजयलिला भंसालीको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘गंगुवाई कठियावाडी’को छायाँकन सकाएकी थिइन् । सिनेमाको एक्शन पार्ट बाहेको सम्पुर्ण छायाँकन सकिएको छ । ‘आरआरआर’मा आलियाका अलवा राम चरण, जुनियर एनटीआर, अजय देवगण लगायतका कलाकारको अभिनय रहनेछ ।

बलिउड मिडियाका अनुसार ‘आरआरआर’मा आलिया सिताको भुमिकामा देखिनेछिन् । डिवीवी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा तामिल, तेलुगु, कन्नड, मल्यालम, हिंन्दी गरी पाँच भाषामा रिलिज हुनेछ । यस्तै, आलिया अभिनित ‘सडक २’ केही समय पहिले डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको थियो ।