रियाका ड्रग्स सप्लार्यस पक्राउ

रियाका ड्रग्स सप्लार्यस पक्राउ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड नायिका रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्तीलाई ड्रग्स सप्लाई गर्ने व्यक्ति पक्राउ परेका छन्। नारकोटिक्स सेन्टर ब्यूरोले रिगल महाकाललाई पक्राउ गरेको हो ।

रिगलले अनुज केशवानीको माध्यमबाट रिया र शोविकलाई ड्रग्स पुर्याउने गर्थे । एनसीबीले मुम्बईको लोखण्डवालामा छापा मारेको थियो । त्यहाँ हाई क्वालिटीको मलाना क्रीमको साथै नगद रकम पनि बरामद गरेको थियो । रिगललाई बुधबार कोेर्टमा पेश गरिदैछ ।

सुशान्त सिंह राजपूत ड्रग्स केसमा रिया चक्रवर्ती र उनका भाई शोविक गिरफ्तार भएका थिए । रिया पहिला जमानतमा छुटेकी थिइन् भने उनका भाई शोविक पनि जमानतमा छुटेका छन् । ड्रग्स केसमा बलिउडका निकै कलाकारको नाम सामेल भएको छ ।