शानको निर्देशनमा आर्यन र बर्षाको ‘हतारमा’ रिलिज(भिडियो)

शानको निर्देशनमा आर्यन र बर्षाको ‘हतारमा’ रिलिज(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल र बर्षा राउत अभिनित म्युजिक भिडियो हतारमा रिलिज भएको छ । शान थापाको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा समिर आचार्य र अप्सरा घिमिरेको स्वर छ ।

गीतको स्वंयम गायक आचार्यले शब्द, संगीत र एरेञ्ज गरेका हुन् । वैदेशिक रोजगारीको लागी विदेशीन हतारमा रहेको एक युवाको कथा गीतको भिडियोमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको अडियो र भिडियो औषत बनेको छ ।

गीतको भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् । मनोज जोशी प्रोडक्सन म्यानेजर रहेको गीतमा अर्जुन तिवारीको छायाँकन, राजीव समरको कोरियोग्राफी, विमला तामाङको मेकअप र सुप्रिम पराजुलीको सम्पादन तथा भिएफएक्स छ ।