आमिरले ‘लाल सिंह चड्ढा’बाट विजयलाई हटाए

आमिरले ‘लाल सिंह चड्ढा’बाट विजयलाई हटाए

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता आमिर खान आगामी ‘लाल सिंह चड्ढा’लाई लिएर चर्चामा छन् । सिनेमामा साउथ कलाकार विजय सेतुपतिको अभिनय रहने पक्का भएको थियो । तर, हालै आमिरले विजयलाई सिनेमाबाट हटाएका छन् ।

भारतीय मिडिया अनुसार विजय आमिरको साथीको भुमिकामा थिए । सिनेमाको लागि विजयले आफ्नो तौल कम गर्नुपर्ने थियो । तर उनले आफ्नो तौल कम गरेनन् । त्यस कारण आमिरले विजय सेतुपतिलाई सिनेमाबाट हटाएका हुन् ।

यो सिनेमा २०२० को क्रिसमसमा प्रदर्शन गरिने भनिएको थियो । अब, सिनेमा २०२१ को क्रिसमसमा प्रर्दशन गर्ने तयारीमा छ । हलिउड सिनेमा ‘फरेस्ट गम्प’को हिन्दी रीमेक सिनेमामा आमिरको अपोजिट करीना कपूर खान छिन् ।