हरिवंश र निरुताको ‘दाल भात तरकारी’ युट्युबमा रिलिज(भिडियो)

हरिवंश र निरुताको ‘दाल भात तरकारी’ युट्युबमा रिलिज(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’ युट्युबमा रिलिज गरिएको छ । हास्यकलाकार किरण केसीका छोरा सुदन केसीको डेव्यु निर्देशन रहेको सिनेमाले बक्सअफिसमा औषत व्यापार गरेको थियो ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतका कलाकारको मुख्य भुमिका रहेकोछ ।

कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एक परिवारको कथामा सिनेमा आधारित रहेकोछ । सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । सिनेमाको कथा स्वंयम हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ ।

मित्र डि गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले खिचेका हुन् । सिनेमामा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल नरेन्द्र कंसाकार लगायतको लगानी छ । प्रविन सिंह र कविराज गहतराजले मिलेर सिनेमाका गीतमा कोरियोग्राफी गरेका छन् ।