नबन्ने भयो टाइगर श्राफको ‘रेम्बो’ ?

नबन्ने भयो टाइगर श्राफको ‘रेम्बो’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘वार’ निर्देशक सिद्धार्थ आनन्दले अभिनेत्री टाइगर श्राफलाई लिएर हलिउड सिनेमा ‘रेम्बो’को बलिउड रिमिकको निर्माण घोषणा गरेका थिए । घोषणा भएको लामो समयसम्म पनि छायाँकनमा जान नसक्दा सिनेमा नै नबने चर्चा बलिउड मिडियामा चल्न थालेको छ ।

सिनेमाको फर्स्टलुक सार्वजनिक गर्दै निर्देशक आनन्दले ‘रेम्बो’को छायाँकन वार रिलि पश्चात सुरु हुने उल्लेख गरेका थिए । तर, ‘वार’ पश्चात उनले शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमलाई लिएर यशराज ब्यानरको सिनेमा ‘पठान’को छायाँकन सुरु गरिसकेका छन् ।

बलिउड मिडियाका अनुसार सिद्धार्थले ‘पठान’ पश्चात ऋतिक रोशनसँग ‘फाइटर’ र ‘वार २’को काम अगाडी बढाएका छन् । यसैले पनि बलिउड मिडियामा टाइगरसँगको टिमअप ब्रेक भएको चर्चा चल्न थालेको छ । यस विषयमा निर्माण कम्पनी यशराज र निर्देशक सिद्धार्थ आनन्दले आधिकारिक धारण सार्वजनिक गरेका छैनन् ।