‘मिशन लायन’मा अक्षयको डबल रोल ?

‘मिशन लायन’मा अक्षयको डबल रोल ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार साइन्स फिक्सन सिनेमा ‘मिशन लायन’मा दोहोरो भुमिका निवार्ह गर्दैछन् । बिग बजेटमा निर्माण हुने सिनेमालाई जगन शक्तिले निर्देशन गर्दैछन् । ‘मिशन मंगल’ पश्चात अक्षय र जगनले दोस्रो पटक सहकार्य गर्दैछन् ।

‘मिशन मंगल’को सफलताले हौसियका निर्देशकले अक्षयलाई लामो समय पश्चात दोहोरो भुमिकामा प्रस्तुत गर्न लागेका हुन् । अर्को वर्षको अन्तिममा छायाँकन सुरु हुने सिनेमा वर्ष २०२२ को अन्तिममा रिलिज हुने बलिउड मिडियाले जनाएका छन् । सिनेमामा अक्षयको अपोजिट कुन अभिनेत्रीको मुख्य भुमिकामा रहनेछिन् भन्ने फाइनल भएको छैन् ।

हाल बलिउड सुपरस्टार अक्षय एकपछि अर्को सिनेमामा अनुबन्धित भैरहेका छन् । उनले कोरोना माहामारीबीच ‘बेल बटम’को छायाँकन सकेका छन् । भने, हाल सारा अलि खान र धनुष स्टारर सिनेमा ‘अतरंगी रे’ र ‘पृथ्वीराज’को छायाँकनमा व्यस्त छन् । उनले जनवरीबाट ‘बच्चन पाण्डे’को छायाँकन सुरु गर्ने बलिउड मिडियाले उल्लेख गरेका छन् ।