anmol jasita

शिवको ‘आँशुको अर्थ ३’को म्युजिक भिडियो रिलिज

शिवको ‘आँशुको अर्थ ३’को म्युजिक भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सञ्चारकर्मी तथा निर्माता रवी अधिकारीको शब्द रचना रहेको गीत ‘आँशु अर्थ ३ : तिमिले पो सक्यौ त’को भिडियो रिलिज गरिएको छ । गायक शिव परियारको संगीत तथा स्वर रहेको गीतको पहिलो र दोस्रो भागलाई दर्शकले निकै रुचाएका थिए ।

आकाश श्रेष्ठ र स्वस्तिमा खड्को अभिनय रहेको गीतको पहिलो भागको भिडियोको अन्त्यबाट नै तेस्रो पार्टको सुरुवात गरिएको छ । गीतको अडियोको संगीत संयोजन गोपाल रसाईलीले गरेका हुन् ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा हरि हुमागाईको छायांकन र धमला विकासको सम्पादन र समरा जोशीको मेकअप रहेको छ । भिडियोलाई गायक शिव परियार स्वंयमले निर्माण गरेका हुन् ।