आमिरको ‘लाल सिंह चड्ढा’मा शाहरुख पछि सलमानको इन्ट्री

आमिरको ‘लाल सिंह चड्ढा’मा शाहरुख पछि सलमानको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार सलमान खानले व्यस्तताका वावजुद पनि पुरा एक दिनको समय आमिर खानलाई दिने भएका छन् । लामो समय पश्चात सिनेमा ‘लाल सिंह चड्ढा’मा आमिर र सलमान एउटै पर्दामा देखिने भएका हुन् । आमिर खनको मुख्य भुमिका रहेको सिनेमामा सलमानले अतिथी भुमिका निवार्ह गर्दैछन् ।

बलिउड मिडियाका अनुसार सिनेमा ‘लाल सिंह चड्ढा’मा बलिउड किंग शाहरुख खानको पनि अतिथी भुमिका रहनेछ । उनले केही समय पहिले आमिरसँग दिल्लीमा आफ्नो भागको छायाँकन गरेका थिए । भने, केही दिनमा सलमानले पनि आफ्नो भागको छायाँकन गर्दैछन् ।

दर्शकले पहिलो पटक एउटै पर्दामा तिन सुपरस्टारलाई देख्न पाउने छन् । बलिउड मिडियाका अनुसार आमिरले सिनेमामा फरक फरक परिस्थितिमा सलमान र शाहरुखलाई भेट्ने छन् । हलिउड सिनेमा ‘फरेस्ट गम्प’को अफिसियल हिंन्दी रिमेकलाई ‘सिक्रेट सुपरस्टार’ निर्देशक अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् । सिनेमा वर्ष २०२१ को क्रिसमसमा रिलिज हुनेछ ।