विपिन र दयाहाङको ‘जात्रै जात्रा’ युट्युबमा रिलिज(भिडियो)

विपिन र दयाहाङको ‘जात्रै जात्रा’ युट्युबमा रिलिज(भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गतवर्षको सुपरहिट सिनेमा ‘जात्रै जात्रा’ युट्युबमा रिलिज गरिएको छ । दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झालगायतका कलाकारको मुख्य भुमिका रहेको सिनेमाले बक्सअफिसमा बम्पर व्यापार गरेको थियो ।

प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमालाई सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । जात्रै जात्राका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जनलगायतका कलाकारको पनि अभिनय रहेको थियो ।

सिनेमाको एक गीतमा अभिनेत्री करिष्मा मानन्धर, निश्चल बस्नेत र सारा सिर्पालीले अतिथी भुमिकामा देखिएका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक स्वयंम प्रदीप भट्टराईले तयार पारेका हुन् ।

सिनेमामा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाँकन, कालीप्रसाद बास्कोटा र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहेकोछ ।