anmol jasita

कंगनाविरुद्ध ऋतिकको ४ वर्ष पुरानो केस क्राइम बान्चले हेर्ने

कंगनाविरुद्ध ऋतिकको ४ वर्ष पुरानो केस क्राइम बान्चले हेर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता ऋतिक रोशनले कंगना रनावतविरुद्ध दिएको ४ वर्ष पुरानो केस क्राइम ब्रान्चमा पुगेको छ । ऋतिकले कंगनासँग रिलेशनमा रहेको कुरा अस्विकार गर्दै कंगनाको इमेलबाट ह्यारेटमेन्ट सहितको १०० वटा मेल आएको भन्दै उजुरी दिएका थिए ।

यो केसलाई पहिला मुम्बई साइबर पुलिसले जाँच गरिरहेको थियो । ऋतिकका वकिल महेश जेठमलानीले पुलिस आयुक्तलाई पत्र लेख्दै केस टान्सफर गर्न लगाएका हुन् । यो केसलाई क्राइम ब्रान्चले जाँच गर्ने भएपछि कंगनाले ट्वीटर मार्फत प्रतिक्रिया दिएकी छन् ।

उनले लेखेकी छन्, ‘उसको दुखी कहानी फेरि सुरु भएको छ । हाम्रो ब्रेकअप र उसको डिभोर्सको कति वर्ष भइसक्यो तर उनी अगाडि बढ्न तयार छैनन् । कुनै पनि महिलासँग डेट गर्न तयार छैनन् । म आफ्नो व्यक्तिगत जीवनमा केही आशा जुटाउँदै थिए तर फेरि उसको नाटक सुरु भयो । ऋतिक रोशन कहिलेसम्म रुन्छौ, एउटा सानो अफेयरका लागि ।’

ऋतिक र सुजान खानको २०१३ मा डिभोर्स भएपछि ऋतिक र कंगनाको प्रेम सम्बन्धको चर्चा चलेको थियो । कंगनाले प्रेम सम्बन्धमा रहेको स्विकार्दै आएपनि ऋतिक अस्विकार गरेका थिए ।