अभिताभ र शाहरुखलाई उछिन्दै फोर्ब्सको शिर्ष स्थानमा नेहा

अभिताभ र शाहरुखलाई उछिन्दै फोर्ब्सको शिर्ष स्थानमा नेहा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अभिताभ बच्चन र शाहरुख खानलाई उछिन्दै गायिका नेहा कक्कड फोर्ब्सको शिर्ष स्थानमा परेकी छन् । उनी सामाजिक सन्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रिटीको सूचीको पहिलो स्थानमा पर्न सफल भएकी हुन् ।

फोर्ब्सको उक्त सूचीमा १२ जना भारतीय मात्रै पर्न सफल भएका छन् । जसमा अमिताभ बच्चन र शाहरुख खान जस्ता चर्चित हस्तीहरु छन् । नेहा आफ्नो व्यक्तिगत जीवनलाई सामाजिक सन्जालमार्फत फ्यानससम्म पुर्याउने मामलामा सवैभनदा अगाडी छिन् ।

गायिका नेहाले उक्त खुसीको खबर पनि सामाजिक सन्जालमा पोस्ट गरेकी छन् । उनले लेखेकी छिन्,-‘स्वयंप्रति निकै गर्वान्वित छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।’

केही समय पहिले विवाह बन्धनमा बाँधिएकी नेहाको उक्त खुसीमा पति तथा गायक रोहनप्रित सिंहले पनि बधाई दिएका छन् ।