अनुराग कश्यपको सिनेमामा अभिषेक र ऐश्वर्या

अनुराग कश्यपको सिनेमामा अभिषेक र ऐश्वर्या

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अभिषेक बच्चन र उनकी पत्नी ऐश्वर्या राय बच्चन सिनेमामा एकसाथ देखिने भएका छन् । उनीहरु अनुराग कश्यपको निर्देशनमा बन्ने सिनेमा ‘गुलाब जामुन’मा जोडीको रुपमा प्रस्तुत हुनेछन् ।

‘मैले मनमर्जियामा काम गर्दा अनुरागसँग राम्रो समय बिताएको थिए । मलाई उक्त सिनेमा प्रति गर्व छ । उनीसँग फेरि काम गर्ने पर्खाइमा छु’, अभिषेकले भने ।

उनले पत्नी ऐश्वर्यासंग काम गर्ने बारे भने, ‘ऐश्वर्यासँग काम गर्दा सधैं खुशी मिल्छ । उनी मेरो फेवरेट को–स्टार हुन् । हामीले एकसाथ काम गर्दा उनी मलाई आफ्नो उत्कृष्ट दिन प्रेरित गर्छिन् । मलाई आशा छ हामी दुई फेरि एकसाथ कास्ट हुनेछौं ।’

अभिषेक र ऐश्वर्याले ‘कुछ ना कहो, गुरु, उमराव जान, धुम २, ढाई अक्षर प्रेम के, रावण, ह्याप्पी एनिभर्सरी, सरकार राज’ गरी ८ सिनेमामा एकसाथ काम गरेका छन् । उनीहरुले सन् २००७ मा विवाह गरेका थिए ।