ड्रग्स केसमा करण जोहरलाई एनसीबीको नोटिस

ड्रग्स केसमा करण जोहरलाई एनसीबीको नोटिस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि एनसीबीले बलिउड क्षेत्रमा फैलिएको ड्रग्स कनेक्सनको जाँच गरिरहेको छ । यस केसमा केहि सेलिब्रेटी गिरफ्तार भएका थिए भने केहि सेलिब्रेटीसँग सोधपुछ भइरहेको छ । अब, ड्रग्स केसमा करण जोहरको नाम जोडिएको छ ।

भारतीय मिडिया अनुसार, गतवर्ष उनको घरमा भएको विवादित पार्टीको सोधपुछको लागि एनसीबीले करण जोहरलाई नोटिस पठाइएको छ । उनको उक्त पार्टीमा दीपिका पादुकोण, शाहिद कपूर, मीरा राजपूत, मलाइका अरोडा, अर्जुन कपूर, विक्की कौशल, वरुण धवन र रणबीर कपूर सामेल भएका थिए । यस भिडियो करणले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका थिए । सबै कलाकार नशाको हालतमा देखिएपछि यो भिडियो निकै विवादित भएको थियो ।

तर, करण जोहरले ड्रग्स लिएको कुरालाई अस्विकार गरेका थिए । उनले पार्टीमा ड्रग्स लिएको भए म आफै किन भिडियो हाल्थे भन्दै सफाई दिदै आएका छन् ।