सचितको ‘झरी झरी’मा सुरविना र पदम (भिडियो)

सचितको ‘झरी झरी’मा सुरविना र पदम (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं – सञ्चारकर्मी संचित खड्काको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘झरी भरी’ युट्युबमा रिलिज भएको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतमा पदम भट्टराईले स्वर भरेका छन् ।

गीतको भिडियोमा स्वंयम गायक भट्टराई र सुरविना कार्कीलाई फिचर्ड गरिएको छ । रविन्द्र खड्काको सिल्भर साइन इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सनको जिम्मेवारी सम्हालेको गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, शिलन लम्सालको कलर तथा सम्पादन रहेको छ । यो गीतको प्रोडक्सन डिजाइनरको जिम्मेवारी राजेन्द्र गिरी गुन्द्रुकेले सम्मालेका हुन् ।