एभेन्जर्स निर्देशकको ‘द ग्रे म्यान’मा धनुष

एभेन्जर्स निर्देशकको ‘द ग्रे म्यान’मा धनुष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– दक्षिण भारतीय अभिनेता धनुष नेटफ्लिक्सको हलिउड सिनेमा ‘द ग्रे म्यान’मा देखिने भएका छन् । उनी सिनेमा रायन गोसलिंग र क्रिस इन्वासको साथमा मुख्य भुमिका निभाउदै छन् ।

एन्थनी र जो रुसोले निर्देशन गर्ने सिनेमा २००९ मा आएको मार्क ग्रीनीको नोबलमा आधारित छ । यो सिनेमाको छायांकन जनवरीमा लस एन्जेलसमा सुरु हुनेछ । साथै केही अन्तर्राष्ट्रिय लोकेशनमा पनि छायांकन गरिने छ । एन्थनी र जो रुसोले ‘एभेन्जर्स– एण्डगेम’को सिरिज निर्माण तथा निर्देशन गरेका थिए ।

धनुषले ट्वीटरमा एक नोट सेयर गर्दै खुशी साटेका छन् । ‘म नेटफ्लिक्सको सिनेमा द ग्रे म्यानको टिममा सामेल हुन पाउदा निकै खुशी छु । जसमा रायन गोसलिंग र क्रिस इन्वास पनि छन् । म यस एक्सन सिनेमालाई लिएर निकै आशावादी छु । दुनियाभरबाट मलाई चाहने फ्यानलाई धन्यवाद’ उनले लेखेका छन् ।

धनुषले २०१८ हलिउड सिनेमा ‘द एक्स्ट्राअडिनरी जर्नी अफ द फकिर’मा काम गरेका थिए । यो सिनेमालाई केन स्कोटले निर्देशन गरेका थिए ।