‘माया बस्छ कि के हो’को शिर्ष गीत रिलिज (भिडियो)

‘माया बस्छ कि के हो’को शिर्ष गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लभस्टोरी सिनेमा ‘माया बस्छ कि के हो’को शिर्ष गीत सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा सिनेमाको राजधानीमा मंगलबार आयोजीत प्रेसमिटमा फस्र्टलुकसँगै शीर्ष गीत रिलिज गरिएको थियो ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा फिचर्ड गरिएको छ । गीत बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डका बिभिन्न स्थानमा रबिन्द्र बरालले खिचेका हुन ।

बिपीन मल्लले सम्पादन गरेको सिनेमामा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् । सोनाल तामाङ र कस्मता निरौला डेव्यु सिनेमाको सार्वजनिक गीत र पोस्टरमा उनीहरुलाई नै फोकस गरिएको छ । शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको सिनेमाको कथा आरती अधिकारीले लेखेकी हुन् ।

हल खुलेपछि प्रदर्शन मिति तय गरिने सिनेमाको एसोसिएट निर्देशकमा आशुतोष अधिकारी र मुख्यसहायक निर्देशकमा दीपक अधिकारी छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित सिनेमाको बितरण आरआर फिल्मस्ले गर्नेछ ।