ताजमहल पुगेर मुगल सम्राट शाहजहाँ बने अक्षय कुमार

ताजमहल पुगेर मुगल सम्राट शाहजहाँ बने अक्षय कुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार हाल आनन्द एल रायको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘अतरंगी रे’को छायाँकनमा व्यस्त छन् । यो सिनेमाको केहीदिन देखि आगराको ताजमहलमा छायाँकन भैरहेको छ ।

ताज महल पुगेसँगै अक्षय कुमार मुगल सम्राट शाहजहाँको गेटअपमा देखिएका छन् । उनको लुक्स सिनेमाकी मुख्य अभिनेत्री सारा अली खानले इन्ट्राग्राम मार्फत सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्वीरमा अक्षय मुगल सम्राट शाहजाहाँको गेटअपमा हातमा गुलाबको फुल लिएर बसेको देख्न सकिन्छ ।

कलर यल्लो प्रोडक्सनको व्यानरमा निर्माण भैरहेको सिनेमामा अक्षय र साराका अलवा नसीरुद्दीन र तामिल सुपरस्टार धनुषको मुख्य भुमिका रहेको छ । बलिउड मिडियाका अनुसार सिनेमा आगामी बर्षको भ्यालेनटाइन्स डेमा रिलिज हुनेछ । सारा अभिनित सिनेमा ‘कुली नम्बर १’ क्रिसमसको अवसर पारेर २५ डिसेम्बरबाट अमेजन प्राइममा रिलिज हुँदैछ ।