‘अन्तिम’ फर्स्टलुक टिजर : सलमान र आयुषको जोडदार एक्शन

‘अन्तिम’ फर्स्टलुक टिजर : सलमान र आयुषको जोडदार एक्शन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान र उनका ज्वाई आयुष शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘अन्तिम : द फाइनल ट्रुथ’को फर्स्टलुक टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा सलमान र आयुषको एक्शन दृश्यलाई समावेश गरिएको छ ।

भारतीय मिडिया अनुसार उक्त सिनेमामा सलमान एक सिख प्रहरीको भुमिकामा देखिनेछन् । भने, आयुष एक ग्याङस्टारको भुमिका निवार्ह गर्दैछन् । सिनेमा आगामी बर्षको मध्येतिर रिलिज हुनेछ । हाल सिनेमाको धमाधम छायांकन भैरहेको छ ।

ग्याङस्टार ड्रामा सिनेमालाई महेश मांजरेकरले निर्देशन गर्दैछन् । सिनेमामा अभिनेता आयुष शर्मा एक ग्याङस्टारको भूमिकामा देखिने छन् । सिनेमामा सलमान र आयुषसँगै निकितिन धीरको पनि मुख्य भुमिका रहनेछ ।